बारा–२ मा पुरूषोत्तम पौडेल एमालेको उम्मेदवार

बारा | चैत २०, २०७९

बारा–२ मा पुरूषोत्तम पौडेल एमालेको उम्मेदवार

काठमाडौं:  नेकपा एमालेबाट बारा–२ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ।

 

सोमबार पूर्वमन्त्रीसमेत रहेका पौडेललाइ बारा–२ को उपनिर्वाचन लड्न टिकट दिने निर्णय गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

 

पौडेललाई उम्मेदवार बनाउने सम्बन्धमा आइतबारकाे बैठकमा भएकाे छलफलअनुसार सोमबार बिहान निर्णय भएको रिजालले बताए।

 

बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्। 

 

गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यादवलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। 

 

गठबन्धनकै अर्को दल जनमत पार्टीले भने शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

 

शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।

 

वैशाख १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्